स्क्वायरले बिट्क्वाइन फोकस्ड नयाँ व्यवसाय सुरु गर्ने – Nepal Press

स्क्वायरले बिट्क्वाइन फोकस्ड नयाँ व्यवसाय सुरु गर्ने

काठमाडौं । फाइनटेक कम्पनी ‘स्क्वायर’ इन्कर्पोरेसनले क्रिप्टोकरेन्सी- बिट्क्वाइन लक्षित नयाँ व्यवसाय सुरु गर्ने भएको छ । पछिल्लो समय बिट-क्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको क्रेज बढिरहँदा चर्चित कम्पनी स्क्वायरले पनि यसैप्रति लक्षित व्यवसाय सुरु गर्ने भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले ट्वीट गर्दै स्क्वायरले यसको तयारी गरिरहेको बताएका छन् । कम्पनीले एक ओपन डेभलोपर प्लेटफर्म बनाएर विकेन्द्रीकृत आर्थिक कारोबार सम्बन्धी व्यवसाय गर्नेछ ।

‘नयाँ व्यवसायको नाम (टीबीडी) हुनेछ’, सीईओ डोर्सेले ट्वीटमा भनेका छन् । तर, उनले यसलाई व्याख्या भने गरेका छैनन् ।

स्क्वायरको यो नयाँ व्यवसायको नेतृत्व माइक ब्रोकले गर्नेछन् । ब्रोक अहिले स्क्वायरको भुक्तानी प्रदायक क्यास एपमा स्ट्र्याटिजिक डेभलोपमेन्ट ग्रुपका प्रमुख हुन् ।

स्क्वायरले यसअघि घोषणा गरेको बिट्क्वाइनको हार्डवेयर वालेट जस्तै ओपन सोर्स हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर