जनकपुर–जयनगर रेलवे: ट्रयाक परीक्षणका लागि भारतबाट ल्याइयो रेल, प्रतिघण्टा १२० किलोमिटरमा कुदाइने (भिडियो) – Nepal Press

जनकपुर–जयनगर रेलवे: ट्रयाक परीक्षणका लागि भारतबाट ल्याइयो रेल, प्रतिघण्टा १२० किलोमिटरमा कुदाइने (भिडियो)

जनकपुरधाम । भारतको जयनगर–जनकपुर–कुर्था रेलवे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ ।

जनकपुरहुँदै रेल कुर्था पुगेको छ । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधीन रेलवे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट सुरु हुने रेल्वे विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

जयनगरदेखि कुर्थासम्मको दूरी ३४ किलोमिटर छ । रेल १२० किलोमिटर प्रतिघण्टा स्पिडमा कुदाएर ट्रयाकको गुणस्तर परीक्षण गरिने इन्जिनियर ओझाले बताए । उनले सरकारले खरिद गरेको रेल ट्रयाक परीक्षण गर्ने खालको नभएकाले अर्को रेल भारतबाट ल्याइएको बताए ।

सरकारले १० महिनाअघि किनेको दुई सेट रेल ईनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर