एमाले स्थायी कमिटी बैठक बस्दै, विघटित वार्ता टोली १० बुँदे कार्यान्वयन गराउन सक्रिय – Nepal Press

एमाले स्थायी कमिटी बैठक बस्दै, विघटित वार्ता टोली १० बुँदे कार्यान्वयन गराउन सक्रिय

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए ।

बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने भएको छ ।

पहिले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएर सहमतिमा बैठक बोलाउन नेपाल समूहले आग्रह गरेको छ ।

शनिबार दिउँसो विघटित वार्ता कार्यदलका नेताहरू सिंहदरबारमा अनौपचारिक संवादमा जुटेका थिए । सोही साझ उनीहरूले अध्यक्ष ओलीलाइ बालकोटमै गएर भेटेका थिए ।

ओलीले आफू संवादका लागि तयार रहेको भन्दै माधव नेपाललाई बालकोटमा स्वागत गर्ने बताए । वार्ता टोलीले नेपाललाई पनि भेटेर आग्रह गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर