केन्द्रीय सदस्य कुट्ने कांग्रेस कार्यकर्तालाई ३ दिनभित्र कारवाही गर्न देउवाको निर्देशन (भिडियो) – Nepal Press

केन्द्रीय सदस्य कुट्ने कांग्रेस कार्यकर्तालाई ३ दिनभित्र कारवाही गर्न देउवाको निर्देशन (भिडियो)

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि कुटपिट गर्ने सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताहरुलाई तीन दिनभित्र कारवाही गर्न सभापति शेरवहादुर देउवाले निर्देशन दिएका छन् ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि देउवाले २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र कारवाही टुंगो लगाउन निर्देशन दिएका हुन् ।

शुक्रवार कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतका भाइ तथा  क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, हरिशरण श्रेष्ठ लगायतका कार्यकर्ताले क्रियाशील सदस्य आफूहरुले सिफारिस गरे बमोजिम हुनुपर्ने नमानेपछि कुटपिट गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर