ओलीले न्यायालयमाथि पनि खड्ग चलाउन खोजेको बाबुरामको आरोप – Nepal Press

ओलीले न्यायालयमाथि पनि खड्ग चलाउन खोजेको बाबुरामको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माले ‘न्यायपालिकामाथि पनि खड्ग चलाउन खोजेको’ आरोप लगाएका छन् ।

ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्वस्त पार्न खोजेको आरोप लगाएका हुन् । ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ !’ ओलीप्रति कटुकटाक्ष गर्दै भट्टराईले भनेका छन्, ‘जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ ! त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर