गोकुल बास्कोटा भन्छन्– फुट्नेको हबिगत कहिल्यै राम्रो भएको छैन, माधव नेपालले बुझुन् – Nepal Press

गोकुल बास्कोटा भन्छन्– फुट्नेको हबिगत कहिल्यै राम्रो भएको छैन, माधव नेपालले बुझुन्

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको उदाहरण दिँदै माधवकुमार नेपाललाई त्यसबाट सिक्न सुझाव दिएका छन् ।

‘चोइटिएका माओवादी’हरु मिल्ने तरखरमा रहेको भन्दै उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेको स्मरण गराउँदै मिल्नका लागि सुझाव दिएका छन् ।

अब पनि नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुपर्ने उनको बुझाइ छ । भन्छन्– दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।

विगतमा फुटेको कांग्रेस, राप्रपा पनि मिलेको उदाहरण पेस गर्दैैं सामाजिक सञ्चालमार्फत् बास्कोटाले भनेका छन्– फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो।कोही चोइटिएर पनि सकिँदैन।देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर