एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस – Nepal Press

एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणीअन्तरगत एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको समितिले जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले एक नम्बरमा डा. रामप्रसाद घिमिरे, दुई नम्बरमा हरीप्रसाद मैनाली र तीन नम्बरमा डिल्लीराम शर्माको नाम सिफारिस गरेको हो । घिमिरे अहिले अर्थ मन्त्रालयमा आर्थिक नीति विश्ल़ेषण महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने मैनाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार महाशाखाको जिम्मेवारीमा छन् ।

घिमिरे यसअघि एकपटक बढुवाका लागि सिफारिस भइसकेका छन् भने र मैनाली र शर्मा पहिलो पटक बढुवाका लागि सिफारिस भएका हुन् । घिमिरे यस अघि एकपटक बढुवाका लागि सिफारिस भइसकेकाले उनको सम्भावना बलियो छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जना सहसचिवलाई सचिवमा बढुवा गर्नेछ ।

लोक सेवा आयोग रिक्त रहेका कारण केहि महिना सचिव बढुवा प्रक्रिया रोकिएपछि पछिल्लो समय दैनीक रुपमा सचिव बढुवाका लागि सिफारिस भइरहेको थियो । तर अब भने रिक्त रहेका सबै सचिव पदमा पदपूर्ति भइसकेकाले केहि समय सचिव पदमा बढुवा रोकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर