वैदेशिक रोजगारीमा जाने श्रमिकालाई खोप लगाउन आयोगको ध्यानाकर्षण – Nepal Press

वैदेशिक रोजगारीमा जाने श्रमिकालाई खोप लगाउन आयोगको ध्यानाकर्षण

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई खोपको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जानु अगाडि स्वदेशमा एक पटक कोभिडविरुद्धको खोप लगाएर मात्रै गन्तव्यमा जान आग्रह गरेको छ ।

विज्ञप्तीमा कोभिड-१९ को जोखिमबाट बच्न  खोप लगाउन तथा गन्तव्य मुलुकमा नेपाली श्रमिकहरुलाई पर्न सक्ने कठिनाइको न्युनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानवअधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ ।

आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र लगायत अन्य सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *