ओलीको आँकलन- एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ, अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न सक्छन् – Nepal Press

ओलीको आँकलन- एमालेविरुद्ध अझै षड्यन्त्र हुन्छ, अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न सक्छन्

रिट निवेदक र बारको दबाबमा संवैधानिक इजलास गठनबाटै षडयन्त्रको गन्ध आइसकेको थियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत बताए । रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको बताए ।

‘न्याय परिषद्को सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निबेदकको र बार एसोसियसनको दबाबमा बनेसँग षडयन्र सुरु भएको थियो,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले नेता एवम् सांसद महेश बस्नेतले भने, ‘ यो फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकोले कार्यान्वयन गरिसकेका छौं।’
ओलीले अदालतले किर्ते कागजलाई मान्यता दिएको टिप्पणी समेत गरे। ‘अदालतले किर्ते कागजलाई मान्यता दियो, अल्पमतलाई सरकार बनाउन परमादेश दियो,’ उनले भने, ‘दलीय संरचना समाप्त गर्ने आधार तयार गर्‍यो। ह्वीप नलाग्ने, ह्वीप उल्ल्घन गरे कारबाही गर्न नपाइने। मागै नभएको महाअभियाेगमा पनि ह्वीप नलगाउने फैसला किन आयो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर