रंगेली घटनामा ट्विस्ट : अवैध गर्भपछि आमाबाटै शिशु हत्या ! – Nepal Press

रंगेली घटनामा ट्विस्ट : अवैध गर्भपछि आमाबाटै शिशु हत्या !

काठमाडौं । मोरङको रंगेली नगरपालिमा एक परिवारका चार सदस्यलाई प्रहरीले पक्राउ गर्‍यो । भर्खरै जन्मेको बच्चालाई मिलेमतोमा हत्या गरेको आरोप उनीहरूमाथि थियो ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा बच्चाकी आमा रंगेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनका बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकी आमा ४८ वर्षीय उर्मिला मण्डल र उनका श्रीमान् २८ वर्षीय अरुण मण्डल छन् । आइतबार राति खुस्वुले छोरी जन्माएपछि ब्ल्याङ्केटले घाँटी थिची हत्या गरेपछि उनकै आमाबुबाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनीचोकस्थित मदिरा पसलभित्र खाल्डो खनि गाडेको प्रहरीले जनाएको छ ।

यसअघि अभियुक्तहरूले छोरी जन्मिएका कारण हत्या गरेको बयान दिएर प्रहरीलाई झुक्याएका थिए । तर, घटनाको वास्तविक कारण भने अर्कै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नवजात शिशुको हत्याको कारण खुस्वुको परपुरुषसँगको सम्बन्ध हो ।

दुई वर्ष अगाडि खुम्वुका श्रीमान् अरुण काम गर्न भारत गएका थिए । गएदेखि घर आएका थिएनन् । गत चैतमा भारतमा कोरोना संक्रमण बढ्न थालेपछि अरुण घर आए । तर श्रीमान् घर आइपुग्दा खुस्वुको गर्भमा ५ महिनाको बच्चा थियो । श्रीमान्‌ले उक्त गर्भ आफ्नो भएको स्वीकार नगरेपछि उनीहरूबीच विवाद भएको थियो ।

दुई वर्ष अगाडि खुम्वुका श्रीमान् अरुण काम गर्न भारत गएका थिए । गएदेखि घर आएका थिएनन् । गत चैतमा भारतमा कोरोना संक्रमण बढ्न थालेपछि अरुण घर आए । तर श्रीमान् घर आइपुग्दा खुस्वुको गर्भमा ५ महिनाको बच्चा थियो । श्रीमान्‌ले उक्त गर्भ आफ्नो भएको स्वीकार नगरेपछि उनीहरूबीच विवाद भएको थियो । अरुणले घटना बाहिर ल्याउनुभन्दा गर्भपतन गराउन चाहे ।

नेपालमा लकडाउन भएपछि उनीहरूले गर्भपतन गराउन पाएनन् । माइतीमा बसिरहेकी खुस्वुले अरुण घर आएको ३ महिनापछि आइतबार साँझ छोरी जन्माइन् । श्रीमानले बच्चा नस्वीकारेपछि खुम्बुको माइतीको आमाबुबा र श्रीमानको मिलेमतोमा राति नै ब्ल्याङ्केटले घाँटी थिचेर हत्या गरी खुम्बुको बुबाको मदिरा पसलमा शव गाडेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले बताए ।

उनले भने, ‘श्रीमान् विदेशमा थिए । चैतमा उनी परपुरुषसँगको सम्बन्धमा रहेर बच्चा बसेपछि परिवारै मिलेर हत्या गरेको देखिन्छ ।’

रंगेली नगरपालिकाका-५ आँपगाछीका वडाध्यक्ष महानन्द मण्डलका अनुसार आइतबार राति शिशुको हत्या गरेको घटना लुकाए पनि बिहानै गाउँमा गाइँगुइँ चलेको थियो । शिशुको हत्या भएको हुनसक्ने आंशकामा स्थानीयले प्रहरी बोलाएका थिए । प्रहरीसामु खुस्वुको बुबाले हत्या गरेको स्वीकारे पनि शिशुको शव खोलामा बगाइदिएको भन्दै प्रहरीलाई झुक्याए ।

प्रहरीको टोलीले खोला किनारमा झण्डै डेढ घण्टासम्म शव खोज्दा नभेटाएपछि दोस्रो चरणको अनुसन्धान गरेको थियो । खुस्वुकी आमा उर्मिला मण्डलले शिशुको शव आफैं मदिरा पसलमा खाल्डो खनेर पुरेको बताएपछि उक्त घटना थप खुल्दै गएको हो ।

वडाध्यक्ष मण्डलले नेपाल प्रेससँग भने, ‘श्रीमान् विदेशमा कमाउन गएको बेला श्रीमतीको गाउँकै युवकसँग अवैध सम्बन्ध रहेछ । गत मंसिरमा गाउँमा बिहेमा जाँदा उनीहरूबीच शारीरिक सम्पर्क भएपछि बच्चा बसेको भनेर खुस्वु आफैंले भनेकी छन् ।’

ती युवक र खुस्वुको पहिलेदेखि नै सम्बन्ध रहेको प्रहरीसमक्ष उनले बताएकी छन् । वडाध्यक्ष मण्डलले श्रीमान्‌लाई अवैध सम्बन्धबारे जानकारी भएपछि दिनहुँजसो झगडा हुने गरेको बताए । अरुलाई शंका नहोस् भनेर बच्चा जन्मनेवित्तिकै श्रीमान् र बुबाआमा मिलेर हत्या गरी शव गाडेको उनले बताए ।

खुस्बुका २ छोरी छन् । उनीसँग सम्बन्धमा रहेका युवक पनि पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले उनीहरूउपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर