बालुवाटार बाहिरको पहिलो बैठकमा सहभागी हुन एमाले नेताहरू च्यासलमा (तस्बिरहरू) – Nepal Press

बालुवाटार बाहिरको पहिलो बैठकमा सहभागी हुन एमाले नेताहरू च्यासलमा (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शुरू हुँदैछ । सरकारबाट बाहिरिएपछि पहिलोपटक एमालेको बैठक बसेको हो ।

यसअघि पार्टीका बैठक अधिकांश प्रधानमन्त्री निवास बालुवाटारमा हुने गर्थे । अध्यक्ष केपी शर्मा ओली सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक बालुवाटार बाहिर एमालेको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे निर्धारित समयमै नेताहरू बैठकस्थलमा पुगेका थिए । आजको बैठकले १० बुँदे सहमति अनुमोदन,अदालतको फैसलाको समीक्षा र पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तस्बिरहरु : सरोज बैजु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर