पोखरा महानगरका मेयर जिसीलाई मस्तिस्कघात, अवस्था खतरामुक्त, काठमाडौं ल्याइँदै – Nepal Press

पोखरा महानगरका मेयर जिसीलाई मस्तिस्कघात, अवस्था खतरामुक्त, काठमाडौं ल्याइँदै

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई मस्तिस्कघात भएको छ ।

आज विहान ४ बजे असहज महशुस भएपछि मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनलाई चिकित्सकको सल्लाहअनुसार काठमाडौं ल्याउन लागिएको जिसीका प्रेस संयोजक माधव बरालले नेपाल प्रेसलाई जानकारी दिए ।

‘डाक्टरहरुले उहाँको मस्तिस्कमा एउटा नसा ब्लक छ भन्नुभएको छ । खतरामुक्त हुनुहुन्छ । सामान्य कुराकानी गर्न सक्नुहुन्छ,’ बरालले भने, ‘अहिले हेलिकप्टरबाट काठमाडौं पठाउने तयारीमा छौं ।’

जिसीको शरीरको देब्रे अंग प्यारालाइज्ड भएको छ । एभरेष्ट हेलीको हेलिकोप्टरबाट काठमाडौंको न्युरो अस्पताल ल्याउने तयारी भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर