एमाले स्थायी कमिटी बैठकमा १० बुँदे सम्झौता पेश हुँदै, आजै संसदीय दलको बैठक – Nepal Press

एमाले स्थायी कमिटी बैठकमा १० बुँदे सम्झौता पेश हुँदै, आजै संसदीय दलको बैठक

 

काठमाडाैं । एमाले स्थायी कमिटी बैठक विहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दैछ । संसदीय दलको बैठकअघि स्थायी कमिटीमा १० बुँदे सहमति पेश गर्न माधव नेपाल पक्षका वार्ता टोली नेताहरूले आग्रह गरेपछि अध्यक्ष केपी ओलीले बैठक बोलाएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

अध्यक्ष ओलीले महासचिव ईश्वर पोख्रेल, उपमहासचिव बिष्णु पौडेल र उपनेता नेम्वाङसँगको छलफलपछि बैठक तय भएको हो । बैठकमा नेपाल पक्षको सहभागिता निश्चित छैन ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेको बैठक अध्यक्ष ओली सत्ताच्युत भएपछि पहिलोपल्ट च्यासलमा बस्न लागेको हो । आजै अपरान्ह ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

यसअघि १० बुँदे सहमति अनुमोदनका लागि असार २८ गते बैठक बोलाइएको थिउो । तर नेताहरुबीचको सल्लाहमा स्थगित गरिएको थियो । संसदीय दलको बैठक नगर्न माधव नेपाल पक्षका नेताहरुले आग्रह गरे पनि ओलीले आजैका लागि बोलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर