गृहमन्त्री खाँड भेट्न आईजीपी थापा सिंहदरबारमा – Nepal Press

गृहमन्त्री खाँड भेट्न आईजीपी थापा सिंहदरबारमा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले सिंहदरबार पुगेर नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडसँग भेटेका छन् । आईजीपी थाहा बिहीबार अपरान्हतिर गृहमन्त्री खाँडलाई भेट्न गृह मन्त्रालयमा पुगेका हुन् ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलिसकेको छैन । तर प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले सामान्य भेटघाट भएको हुनसक्ने बताए ।

उनले भने, ‘गृह मन्त्रालयमा विभिन्न बैठक तथा छलफल भइरहन्छन् । कुनै बैठक वा छलफलका लागि जानुभएको होला । त्यस्तो विशेष भेटघाट केही पनि होइन ।’ गृहमन्त्री खाँडले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि व्रिफिङमा सहभागी भए पनि गृहमन्त्रीसँग आईजीपी थापाको यो पहिलो भेट हो ।

डीआईजीपी सहकुलबहादुर बहादुर थापालाई एआईजीपीमा बढुवा गरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीपीको सरुवा गरेको थियो । उक्त सरुवा वर्तमान सरकारले रद्द गर्न लागेको केही सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । तर खाँडले भने त्यो समाचार असत्य भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *