जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु – Nepal Press

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

रुपन्देही । गुल्मीमा जिपको ठक्करबाट तानसेन नगरपालिका-१४ अर्गलीका ३० वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ । जिल्लाको धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जिपले रेसुङ्गा नगरपालिका-४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार पाण्डेको मृत्यु भएको हो ।

उनी मोटरसाइकल चालक हुन् । मृतक पाण्डे तम्घासमा व्यापार व्यवसाय गर्दै आएका थिए । जिपको ठक्करबाट घाइते भएका उनको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि जिप पल्टिएको थियो । दुर्घटनामा परी जिपमा सवार चारजना घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर