प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन सरकारको सिफारिस – Nepal Press

प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन सरकारको सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै  संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर