मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल! – Nepal Press

मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल!

काठमाडौं । लियोनेल मेसी आधा तलब कटौती गरेर पनि सन् २०२६ सम्म बार्सिलोनामै बस्न तयार भएका छन् । ३४ वर्षीय मेसी र बार्सिलोनाबीचको सम्झौता जुन ३० मा सकिएको थियो । त्यो सम्झौताअनुसार मेसीले वर्षको १३० मिलियन युरो कमाउँथे ।

अर्जेन्टिनाबाट कोपा अमेरिका च्याम्पियन बनेका मेसी अहिले छुट्टी मनाइरहेका छन् । मेसीलाई पुन: अनुबन्धित गर्नु बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोन लापोर्टाको प्रमुख लक्ष्य थियो ।

अहिले बार्सिलोना तलब कटौती गर्नका लागि एन्टोनियो ग्रिजम्यान र साउल निग्वेजलाई स्वाप गर्ने तयारीमा छ ।

मेसीले बार्सिलोनाबाट ६७२ गोल गर्दै १० ला लिगा, चार च्याम्पियन्स लिग, सात कोपा डेल रे र ६ बालोन डी’अर अवार्ड जितेका छन् ।


प्रतिक्रिया

One thought on “मेसीलाई बार्सिलोनामै राख्न लापोर्टा सफल!

Leave a Reply to Ronish Dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर