कांग्रेस पदाधिकारी बैठक स्थगित

२०७८ असार ३१ गते ९:०१

फाइल तस्बिर ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका थिए।
तर देउवाकै व्यस्तता देखाउँदै बैठक स्थगित भएको हो । अब शुक्रबार दिउँसो बैठक बस्ने जनाइएको छ ।
क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको थियो। यस्तै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी थियो।
प्रतिक्रिया