देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन – Nepal Press

देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् ।

स्रोतका अनुसार देउवाले आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी तारतम्य मिलाइदिन सक्ने आश्वासन पनि नेपाललाई दिएका थिए ।

देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म तपाईंको अप्ठेरो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । जसरी संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि तयार छु ।’


प्रतिक्रिया

One thought on “देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

  1. स्रोत,
    aajkal pathak le bujxan ! ko kho ke kekhx kina lekhx ! kaso kaalo paisa bata portal chaleko x aadhi !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर