युरोपेली आयोगका अध्यक्ष माइकल र राजदूत राजभण्डारीबीच भेटवार्ता : युरोपले महामारीविरुद्ध थप सघाउने


ब्रसेल्स । युरोपेली आयोगका अध्यक्ष चाल्र्स माइकल र नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच द्धिपक्षीय छलफल भएको छ ।
ब्रसेल्स नियोगका अनुसार अध्यक्ष माइकलले महामारीविरुद्ध नेपाललाई साथ दिने प्रतिबद्धता जनाएका थिए । साथै, युरोपेली युनियन विकास साझेदारको रुपमा नेपालसँगै उभिएको उनले जनाएका थिए ।
सो भेटवार्तामा नेपाललाई अहिले कोभिड-१९ विरुद्ध खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री जरुरी भएकाले खोप आपूर्तिबारे पनि छलफल भएको थियो । यसबारे अध्यक्ष माइकल सकारात्मक रहेको जनाइएको छ ।
युरोपेली युनियनले कोभिड महामारीविरुद्ध नेपाललाई अक्सिजन भेन्टिलेटर, कन्सनट्रटेर लगायतका उपकरण प्रदान गरेको छ ।