महाधिवेशन र मन्त्रीबारे छलफल गर्न देउवाले बोलाए बैठक – Nepal Press

महाधिवेशन र मन्त्रीबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं । महाधिवेशन र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक बोलाइएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका छन् । बैठकमा पूर्वपदाधिकारीलाई समेत बोलाइएको छ । कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार विहीबारसम्म क्रियाशील सदस्यको सूची टुंगो लाग्नुपर्ने थियो ।

छानबिन समितिले काम नसकेका कारण थप केही दिन समय दिनेबारे बैठकमा छलफल हुनेछ । त्यस्तै देउवा सरकारमा सहभागी हुने मन्त्री छनोटको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर