गण्डकी प्रदेशसभामा हुलहुज्जत, सांसदले टेबल फाले – Nepal Press

गण्डकी प्रदेशसभामा हुलहुज्जत, सांसदले टेबल फाले

कास्की । बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेशसभामा एमाले सांसदले बैठक अवरोध सिर्जना गरेका छन् । उनीहरूको अवरोधका बीच प्रदेशसभामा बजेट भने पारित भएको छ ।

सांसदहरू उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बजेट पारितको अन्तिम समयमा बैठक सुचारुका लागि सहयोग गर्न भनेका थिए । उनले केहीबेर सभासमेत स्थगित गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमाले सांसदले टेबल उठाएर बजेटमाथिको छलफलमा अवरोध गरेका थिए ।

बजेटमाथि उठेका प्रश्नको जवाफ मुख्यमन्त्री दिनुपर्ने कार्यसूची रहेपनि सो अनुसार प्रक्रिया अघि नबढेको भन्दै एमाले सांसदले सदनभित्र नारावाजीसमेत गरेका छन् ।

सोक्रममा मर्यादापालहरूले भने केही बलसमेत प्रयोग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर