अफगानिस्तानबाट सेना फिर्ता गर्नु ठूलो ‘गल्ती’ : पूर्वराष्ट्रपति बुस – Nepal Press

अफगानिस्तानबाट सेना फिर्ता गर्नु ठूलो ‘गल्ती’ : पूर्वराष्ट्रपति बुस

वासिङ्टन । अफगानिस्तानबाट नेटो सेना फिर्ता गर्ने बाइडेन प्रशासनको कदमलाई पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले गल्ती भएको बताएका छन् ।

सेनालाई फिर्ता गर्नु अफगानिस्तानी नागरिकलाई तालिवानीको हातबाट मार्नको लागि जिम्मा लगाइदिएजस्तो भएको भन्दै उनले आलोचना समेत गरेका छन् ।

‘अफगानिस्तानी महिला र युवतीहरुले निकै क्षति व्योहोर्नुपर्ने हुनसक्छ । यो एउटा गल्ती हो । उनीहरुलाई केही क्रुर मान्छेबाट मार्न छोडिएको छ । यसले मलाई मर्माहत तुल्याएको छ’ बुसले जर्मनी टेलिभिजन डच वेलीलाई भनेका छन् ।

रिपब्लिकनबाट राष्ट्रपति भएको बुसले सेप्टेम्बर ११ मा न्यूर्योकका जुम्ल्याहा भवनमा भएको आतंककारी हमलापछि सन् २००१ को अटम महीनामा अफगानिस्तानमा सेना पठाएका थिए । आफूले जस्तै जर्मन चान्सलर एन्जेला मर्केललाई पनि यस्तै अनुभूति भएको हुनसक्ने बुसको भनाई छ ।

१६ वर्षको सक्रिय राजनीतिबाट अवकास लिन लागेकी जर्मन चान्सलर मर्केलको उनले निकै प्रशंसा समेत गरे । उनले भने, ‘उनले आफ्नै कडा मिहेनतमा आफ्नो पोजिसन निर्माण गरेकी हुन् ।’ अमेरिका र नेटो सेनाले मे महीनाको सुरुआतदेखि अफगानिस्तानबाट सेना फिर्ती सुरु गरेका छन् । सेप्टेम्बर ११ सम्म सबै सेनालाई फिर्ता गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर