भारतले दियो देउवालाई बधाइ, राजदूत क्वात्राले भेटेर दिए शुभकामना – Nepal Press

भारतले दियो देउवालाई बधाइ, राजदूत क्वात्राले भेटेर दिए शुभकामना

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले बधाइ तथा शुभकामना दिएको छ ।

राजदूत विनयमोहन क्वात्राले बुधबार देउवालाई भेट गर्दै उनको कार्यकालमा दुई मुलुकबीच सम्बन्ध थप सुद्धढ हुने तथा नागरिक तहको सम्बन्ध प्रगाढ हुने ट्वीट गरेका छन् ।

भारत र नेपालको बहुपक्षीय सम्बन्धलाई बलियो तुल्याउँदै साझा हित र समृद्धिको विषयमा मिलेर काम गर्ने इच्छा पनि उनले व्यक्त गरेका छन् । अमेरिका, युरोपेली युनियनपछि भारतले देउवालाई बधाइ दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर