पद सम्हाल्दै गृहमन्त्री खाँडले भने – बजेटलाई के गर्ने विज्ञसँग सल्लाह गर्छौं (भिडियो) – Nepal Press

पद सम्हाल्दै गृहमन्त्री खाँडले भने – बजेटलाई के गर्ने विज्ञसँग सल्लाह गर्छौं (भिडियो)

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले पदभार ग्रहण गर्न लागेका छन् । गृहमन्त्रालयमा उनले केही बेरअघि पद सम्हालेका हुन् ।

संक्षिप्त प्रतिक्रया दिँदै मन्त्री खाँडले पहिलाको सरकारले ल्याइसकेको बजेटलाई के गर्नेबारे विज्ञहरूसँग सल्लाह गर्ने बताएका छन् ।

‘बजेट पनि संसदमै आउनुपर्छ भन्ने हाम्रो धारणा थियो चाहना थियो । बजेट अहिले अघि बढिसकेको छ । त्यसमा हामीले विज्ञ र प्रशासकसँग सल्लाह गर्छौं । छलफल गरेर के गर्ने हो, सीमा के छ, कानूनी प्रक्रिया के छ, संवैधानिक प्रक्रिया के छ त्यसलाई ध्यानमा राखेर निर्णय गर्छौं ‘, उनले भने ।

कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीको सुरक्षा गर्ने दायित्व राज्यको भन्दै यसका लागि विशेष प्रबन्ध गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर