भीम रावलको खुलासा- एमाले विभाजन रोक्न खोज्दा केही पार्टीका नेताबाट धम्कीपूर्ण फोन आए – Nepal Press

भीम रावलको खुलासा- एमाले विभाजन रोक्न खोज्दा केही पार्टीका नेताबाट धम्कीपूर्ण फोन आए

‘एमाले विभाजन हुनबाट रोकिने पो भयो कि भनेर तिनीहरूलाई रिंगटा चलेको छ’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका छन् ।

रावलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार भएको बताएका छन् ।

रावलले विज्ञप्तिमा भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’

रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् । तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लागेको भन्दै सांकेतिक रूपमा खुलाएका छन् ।

रावलले आफू असार २० गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको कुरा माधव नेपाल र रघुजी पन्तलाई जानकारी रहेको समेत प्रष्ट पारेका छन् ।

माधव नेपाल निवासमै बसिरहेका बेला विष्णु पौडेलको फोन आएको र रघु पन्तसहित बालुवाटार आउँछु भन्दा एक्लै आउन भनिएपछि एक्लै गएर पार्टी एकताको लागि कार्यदल सक्रिय गराउन ओलीलाई आग्रह गरेको बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “भीम रावलको खुलासा- एमाले विभाजन रोक्न खोज्दा केही पार्टीका नेताबाट धम्कीपूर्ण फोन आए

  1. कसरी पत्याउनु, यिनका कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के.पी. ओली विरुद्ध देउवालाई प्रधान मन्त्री बनाउन हस्ताक्षर गर्ने, पार्टीको प्रधानमन्त्री विरुद्ध अदालतमा उपस्थित भएर मुद्धा दर्ता गर्ने उनै, अदालतको फैसलाको मुक्त कण्डले प्रसंशा गर्दै स्वागत गरिरहेका छन् । फेरी पनि देउवा सरकारलाई विश्वासको मत दिने घोषणाका मतियार हुन । यिनीले पार्टी एकताको कुरा पार्टी एकताको लागि होइन पार्टी लाई लिंगरिङ गरी अझ कमजोर बनाउने योजनामा भएको देखिन्छ ।

  2. रावलले माओवादीमा आफ्नो भविष्य नदेखेर एकताको स्वाङ्ग रचेको हो। यसलाई फेरि एमालेमा फर्काउनु भनेको कुखुरा फाराममा स्याल भित्र्याउनु जस्तै हो।
    नेवाङहरूमा खासै दम रहेनछ। कार्यदलका नाममा यिनीहरूलाई मुसार्न खर्च गरेको उर्जा र समय कार्यकर्तामा लगाएको भए पार्टी पुरानै लहरमा फर्किसक्थ्यो।
    ओली घमण्डी र स्वेच्छाचारी हुन् र केही आसेपासे खराव थिए तर रावलहरू एमालेघाती हुन्। खासै केही नभएको MCC परियोजनामा वखेडा झिक्यो। अब केही दिनमा त्यो यिनीहरूकै सरकारले पारित गर्छ।

Leave a Reply to माधव पुरी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर