मूल्यवृद्धिको विरोधमा ५ विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द गरे, थानकोट बिक्री केन्द्रमा धर्ना – Nepal Press

मूल्यवृद्धिको विरोधमा ५ विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द गरे, थानकोट बिक्री केन्द्रमा धर्ना

काठमाडौं। आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा पेट्रोल पम्पहरु बन्द गरेका छन् । बुधबार बिहानेदखि उनीहरुले पम्पहरु पेट्रोलियम पदार्थ विरतणमा अबरोध गरेका छन् । त्यस्तै ट्यान्करहरु पनि चल्न दिएका छैनन् ।

काठमाडौं वितरण केन्द्र थानकोटको मुलगेटमा धार्न दिएको अनेरास्ववियु क्रान्तिकारीका संयोजक रन्तिज तामाङले जानकारी दिए। ‘पाँच विद्यार्थी संगठनका साथीहरु अरु सबै पोट्रल पम्प बन्द गर्न लाग्नु भएको छ,’ तामाङले नेपाल प्रेससँग भने, ‘सरकारलाई बढेको पेट्रोलियम पदार्थ फिर्ता लिन भनेका छौं । आन्दोलन जारी छ ।’

उनीहरुले नेपाल आयल निगमका विक्री केन्द्रहरु बन्द गर्ने घोषणा गरेका छन्। धनगढी, दिपायल, नेपालगन्ज, सुर्खेत, तुलसीपुर, पोखरा, बुटवल, अम्लेखगन्ज, जनकपुर, विराटनगर, झापा, विरगन्ज विक्री केन्द्रहरु बन्द गर्ने उनीहरुले घोषणा गरेका छन्।

उनीहरुले मंगलबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न भनेका थिए।

आन्दोलित हुने विद्यार्थी संगठनहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर