भजनी नगरपालिकामा लगाइएको ताला खुल्यो, आजै नगरसभा गरिने – Nepal Press

भजनी नगरपालिकामा लगाइएको ताला खुल्यो, आजै नगरसभा गरिने

कैलाली । कैलालीको भजनी नगरपालिकामा उप प्रमुख छाया देवकोटाको नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खोलिएको छ ।

योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति भएपछि ताला खोलिएको जनाएको छ । योजना तर्जुमा बिना रकम बिनियोजन गरेर नगर सभा आयोजना गरेपछि सोमबार उपप्रमुख देवकोटा सहित वडा-१ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले तालाबन्दी गरेका थिए ।

नगरपालिकाको कार्यालयमा लगाइएको तालाले सोमबार आयोजना गर्ने भनिएको नगरसभा हुन सकेको थिएन ।

अब योजना तर्जुमा सकेर सहमतिको आधारमा नगर सभा आयोजना गरिने उपप्रमुख देवकोटाले बताइन् । बुधबार बिहान ७ बजे योजना तर्जुमा र २ बजे नगरसभा आयोजना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *