देउवा सरकारको प्रवक्तामा ज्ञानेन्द्रबहादुर कार्की

२०७८ असार २९ गते २१:५५

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रवक्ताको जिम्मेवारी पाएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीहरुको शीतलनिवासमा सपथग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । त्यसपछि पहिलो मन्त्रीपरिषद्को बैठक बसेको थियो । बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका कार्कीले मन्त्रीपरिषद्को निर्णय पत्रकारहरुलाई सुनाएका थिए ।
प्रतिक्रिया
कति पुर्वाग्रही भएका हाै? देउवा सरकार होइन कि नेपाल सरकारको प्रवक्ता हुन। यो पत्रिकाको संपादक कति गरिब हुन कि नेपाल सरकार लेख्न पनि कञ्जुस्याइ गर्ने। तिमीले नस्वीकार गरे पन नेपाली जनताले स्वीकारग गरेकाछन्।