शंकर पोखरेलको शंकाः जनादेशबाट अस्वीकृत देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउनु रहस्यमयी – Nepal Press

शंकर पोखरेलको शंकाः जनादेशबाट अस्वीकृत देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउनु रहस्यमयी

रुपन्देही । सर्वोच्च अदालतले परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुलाई नेकपा (एमाले)का स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘रहस्यमयी’ भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले जनादेशबाट अस्वीकृत नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल नै ‘रहस्यमयी’ भएको बताएका हुन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो विचार सार्वजनिक गरेका हुन् ।

सञ्जालमा पोखरेलले लेखेका छन्, ‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ । किनकि नाटक अझै सकिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर