माओवादीबाट पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै – Nepal Press

माओवादीबाट पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा शर्मा र भुसाललाई आजै सपथग्रहण गर्ने गरी मन्त्रीमा सिफारिस गरेका हुन् ।

जनार्दन अर्थ र पम्फालाई ऊर्जामन्त्री बनाइने माओवादी स्रोतले जनाएको छ । अन्य मन्त्रीहरूको टुंगो दोस्रो चरणको विस्तारअघि लगाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर