ओलीले भने- जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा आयो – Nepal Press

ओलीले भने- जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा आयो

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन् । उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताए ।

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर