भाडा समायोजन र कोरोना खोपको माग गर्दै यातायात व्यवसायीको धर्ना – Nepal Press

भाडा समायोजन र कोरोना खोपको माग गर्दै यातायात व्यवसायीको धर्ना

काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् ।

यातायातसँग सम्बन्धित व्यक्तिहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीले यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, सडक कानून लागू गर्नुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने पनि माग गरेका छन् ।

विभिन्न निकायसमक्ष पटक-पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताए । सरकारले यातायात व्यवसायीको समस्या समयमै बुझेर सम्बोधन गर्नुपर्ने उनको जोड छ ।

निषेधाज्ञाका कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने बताउँदै आएका छन् । उनीहरूले धर्नाका क्रममा नारावाजी गर्नुका साथै ‘आम्दानी छैन बैंक किस्ता र राजस्व तिर्ने छैन, बैंकको ज्यादती बन्द गर, निषेधाज्ञा अवधिभरको बीमा पूर्णरूपमा छुट गर’ जस्ता प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *