जसपा उपेन्द्र पक्षधरको बैठक जारी, देउवा सरकारमा सहभागिताबारे छलफल – Nepal Press

जसपा उपेन्द्र पक्षधरको बैठक जारी, देउवा सरकारमा सहभागिताबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षधरको बैठक शुरू भएको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक शुरू भएको हो ।

विपक्षी गठबन्धनमा रहेको उपेन्द्र यादव पक्षको जारी बैठकमा सरकारमा सहभागी हुने वा नहुनेबारे मुख्य एजेण्डा रहेको यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरू बैठकमा सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर