देउवा निवास जाने बाटो धमाधम मर्मत शुरू – Nepal Press

देउवा निवास जाने बाटो धमाधम मर्मत शुरू

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठतर्फ जाने सडक धमाधम मर्मत थालिएको छ ।

काठमाडौंमा झमझम पानी परिरहेका बेला महाराजगञ्जबाट बूढानीलकण्ठ जाने सडकका खाल्डाखुल्डी पिच गरेर टाल्न थालिएको हो ।

आजै बिहान ६ बजे धुलाम्य सडकमा पानी खन्याइएको थियो । अहिले पानी परिरहेका बेला सडकमा जाम गराएर ठाउँ ठाउँमा पीच भइरहेको दृष्य देखिएको छ ।

देउवा निवास महाराजगञ्जबाट चार किलोमिटर दूरीमा पर्छ । यो सडकको अधिकांश भाग बिग्रेको अवस्थामा छ । विद्युत प्राधिकरण र खानेपानीले पालैपालो सडक खनेर अस्तव्यस्त बनाएका छन् । देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै यो सडक मर्मतका लागि हतार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर