नेपाल र खनाललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय – Nepal Press

नेपाल र खनाललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारको बिशिष्ट श्रेणी अर्थात सचिवमा दुई जना सहसचिव बढुवा गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फ एक जना र प्राविधिक तर्फ एक जना गरेर दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रशासनतर्फ बढुवा सिफारिस समितिले एक नम्बरमा बढुवाका लागि सिफारिस गरेका खगेन्द्र प्रसाद नेपाल र प्राविधिकतर्फ दुई नम्बरमा सिफारिस गरेका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । प्राविधिकतर्फ सिग्देलको अझै समयावधि बाँकी रहेको तर खनाल केही महिनामा अवकाशमा जान लागेकोले खनाललाई सचिव बनाएको ती मन्त्रीले बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार साँझ सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ सचिव बढुवाका लागि एक नम्बरमा नेपाल, दुइ नम्बरमा किरण राज शर्मा र तीन नम्बरमा रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो ।

यस्तै आइतबार साँझ नै बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ एक नम्बरमा गोपालप्रसाद सिग्देल, दुइ नम्बरमा खनाल र तीन नम्बरमा सरजु कुमार वैद्यको नाम सिफारिस गरेको थियो । यस अघि निरन्तर एक नम्बरमा सिफारिस भएका सहसचिवलाई सचिवमा बढुवा गर्ने गरेको भए पनि यस पटक भने दोस्रो नम्बरका खनाललाई बढुवा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *