विपक्षी गठबन्धनको बैठक जारी, माधव नेपालसँगै रघुजी पन्त सहभागी – Nepal Press

विपक्षी गठबन्धनको बैठक जारी, माधव नेपालसँगै रघुजी पन्त सहभागी

काठमाडौं । सर्वोच्च अदालतको फैसला आएलगत्तै विपक्षी गठबन्धको बैठक शुरू भएको छ । वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा जारी बैठकमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूह सहभागी छ ।

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएकै बेला माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सामेल भएका हुन् । उनीसँग स्थायी समिति सदस्य रघुजी पन्त छन् । नेपाल समूहका अन्य चर्चित नेताहरू बैठकमा देखिएका छैनन् ।

बैठकमा भावी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरू सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर