सर्वोच्चको फैसलासँगै निर्वाचनका सबै प्रक्रिया स्थगित : निर्वाचन आयोग – Nepal Press

सर्वोच्चको फैसलासँगै निर्वाचनका सबै प्रक्रिया स्थगित : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले संसद पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको बताएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी सबै काम अब रोकिने बताए । ‘निर्वाचनसम्बन्धी अब सबै कार्यक्रम यहीँ रोकिएका छन्, ’ उनले नेपाल प्रेससँग भने, ‘अब चुनावसम्बन्धी कुनै पनि कार्यक्रम अगाडि बढाउन मिल्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए ।

श्रेष्ठले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा खासै खर्च नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर