फैसलाले संविधान, विधि र पद्दति जोगाएको छ: महामन्त्री कोइराला – Nepal Press

फैसलाले संविधान, विधि र पद्दति जोगाएको छ: महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले लोकतन्त्रमा अहंकारका लागि स्थान नभएको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै महामन्त्री कोइरालाले लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था रहेको बताएका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको छ । लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था हो । अहंकार र तानाशाही प्रवृत्तिबाट संविधान मिच्ने छुट कसैलाई लोकतन्त्रमा कसैलाई हुँदैन । सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु’, कोइरालाले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर