आदेशप्रति शंकर पोखरेलको असन्तुष्टि, भन्छन्– संसदीय व्यवस्थामाथिकै प्रहार – Nepal Press

आदेशप्रति शंकर पोखरेलको असन्तुष्टि, भन्छन्– संसदीय व्यवस्थामाथिकै प्रहार

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको आदेश जारी भएसँगै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिदैं अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुग्ने बताएका छन् ।

आदेशले सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नु पर्ने उनले दावी गरेका छन् । उनले लेखेका छन्– ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात, सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नु पर्नेभो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर