कांग्रेसको काँधमा इतिहास निर्माणको दायित्व : प्रवक्ता शर्मा – Nepal Press

कांग्रेसको काँधमा इतिहास निर्माणको दायित्व : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको सामु इतिहास निर्माणको दायित्व रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले संवैधानिक इजलासको कदम विवेकपूर्ण रहेको बताएका हुन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला । लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम । केबल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा’, शर्माले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *