संविधान मिच्ने प्रवृत्तिको अन्त्य भयो : सिटौला – Nepal Press

संविधान मिच्ने प्रवृत्तिको अन्त्य भयो : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतको फैसलाले संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरको आदेशबाट संविधानको संरक्षणमा योगदान पुगेको सिटौलाको भनाइ छ ।

‘सर्वोच्चले संविधानको संरक्षणमा सही व्याख्या गरेको छ । प्रधानमन्त्रीले २ पटक संसद विघटन गरेर गल्ती गर्नुभयो । राष्ट्रपतिजीले पनि गल्ती गर्नुभयो । सर्वोच्चले ती गल्तीहरू सच्याएको छ । यसबाट संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको छ’, सिटौलाले नेपाल प्रेससँग भने ।

उनले फैसला कार्यान्वयनबारे शंका आवश्यक नरहेको बताए । ‘कसैलाई फैसला चित्त नबुझेको होला तर सर्वोच्चको आदेश स्वीकार्नुको विकल्प छैन । कानूनी शासनको सबैले सम्मान गर्नुपर्छ’, सिटौलाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर