माओवादी केन्द्रको प्रतिक्रिया- फैसला संविधान र लोकतन्त्रको रक्षाको पक्षमा – Nepal Press

माओवादी केन्द्रको प्रतिक्रिया- फैसला संविधान र लोकतन्त्रको रक्षाको पक्षमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सर्वोच्च अदालतको फैसला स्वागत गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गरेका छन्।

‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्‍याएको छ,’ श्रेष्ठले भनेका छन्, ‘यसको हामी स्वागत गर्दछौं।प्रतिगमनकोविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।’

संसद विटघनविरुद्ध माओवादी केन्द्र नेपाली कांग्रेसँग मिलेर सर्वोच्च अदालत गएका थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर