अग्नि खरेलको टिप्पणी- फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ – Nepal Press

अग्नि खरेलको टिप्पणी- फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ

‘व्यक्तिका कुण्ठालाई अदालती व्याख्याका रूपमा संस्थागत गरेको छ’

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सर्वोच्च अदालतको पछिल्लो फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको टिप्पणी गरेका छन् ।

संवैधानिक इजलासको फैसलाप्रति संक्षिप्त निप्पणी गर्दै खरेलले भने, ‘यो फैसलाले संविधानले आत्मसात गरेको प्रणाली र शक्तिको विभाजन र सन्तुलनको सिद्धान्तलाई अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ ।’

खरेलले संविधान एवं संवैधानिक नैतिकताको जामा पहिरिएर संसदीय शासन प्रणालीलाई ध्वस्त पार्ने ढंगले फैसला आएको भन्दै यसले देश र जनताले खोजेको राजनीतिक निकासलाई अवरुद्ध पारेको आरोप लगाएका छन् ।

खरेलले नेपाल प्रेससँग भने, ‘यसले वैयक्तिक कुण्ठालाई संस्थागत रूपमा निकास दिएको छ । उनीहरूका निजी कुण्ठालाई अदालती व्याख्याका रूपमा संस्थागत गरेको छ ।


प्रतिक्रिया

One thought on “अग्नि खरेलको टिप्पणी- फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ

  1. न्यायधिशहरू फैसलाधिश भएपछिको नतिजा । प्रचण्डले तीन दिन अघि जे भनेका थिए त्यही फैसला हुनुको अर्थ के हो ? चोेलेन्द्रले कानूनी रूपले लाज पचाए ।

Leave a Reply to Janak Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर