संवैधानिक इजलासको ठहर- प्रधानमन्त्रीमा ओलीको दावी संविधानसम्मत भएन – Nepal Press

संवैधानिक इजलासको ठहर- प्रधानमन्त्रीमा ओलीको दावी संविधानसम्मत भएन

काठमाडौं । संवैधानिक इजलासले आफ्नो फैसला सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी गर्नु संविधानसम्मत नदेखिएको ठहर गरेको छ ।

फैसलामा शेरबहादुर देउवाले गरेका दावी नै सही भएकाले प्रतिनिधिसभाका १४६ जना सांसदले दिएको समर्थन नै विश्वासको मत प्राप्त गर्ने आधार रहेको प्रष्ट पारेको छ । सोही बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गरेको छ ।

यसअघि राष्ट्रपतिबाट दुवैको दावी नपुगेको भनी गरेको प्रतिनिधिसभा विघटनलाई उत्प्रेषणको आदेशबाट बदर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर