उपमेयरकाे नेतृत्वमा भजनी नगरपालिकामा तालाबन्दी, नगर सभा प्रभावित – Nepal Press

उपमेयरकाे नेतृत्वमा भजनी नगरपालिकामा तालाबन्दी, नगर सभा प्रभावित

कैलाली । कैलालीको भजनी नगरपालिकामा उप-प्रमुख छाया देवकोटा सहित वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । योजना नै नबनाई बजेट पारित गरेर नगर सभा आयोजना भएपछि तालाबन्दी गरिएको उपप्रमुख देवकोटाले बताइन् ।

नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेको भन्दै उप-प्रमुख देवकोटा ३ वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरुले विरोध गरेका हुन् ।

उप-प्रमुख देवकोटासहितका वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन् । उनीहरुले आइतबारको कार्यपालिका बैठक पनि बहिस्कार गरे । नगर प्रमुखले राखेको प्रस्तावमा बहुमतले जर्वजस्ती निर्णय गर्न खोजिएको भन्दै उनीहरुले माइन्युट समेत कब्जा गरका थिए।

थापा र बुढा एमालेका हुन भने चौधरी जसपाका हुन्।

१० बजे नगरसभा आयोजना गरिएको भए पनि तालाबन्दी पछि नगरसभा प्रभावित भएको छ । माओवादीबाट उपप्रमुखमा निर्वाचित देवकोटा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेर पदमुक्त बनाएको थियो । तर, १८ असारमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।
पुनर्बहाली पछि पनि नगरप्रमुखले अधिकार दिन आनाकानी गरेर सर्वोच्च अदालतको मानहानी गरेको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर