महिला स्वयमसेविकालाई ५० हजार पेन्सनसहित विदाई – Nepal Press

महिला स्वयमसेविकालाई ५० हजार पेन्सनसहित विदाई

चितवन । भरतपुर महानगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमसेविकालाई पेन्सन सरहको सुविधासहित विदाई गरेको छ । महानगरपालिकाले आइतबार ३६ जना स्वयमसेविकालाई जनही ५० हजार रुपैयाँ पेन्सनसहित विदाई गरेको हो ।

करिब ३५ वर्षसम्म सेवारत महिलाहरु सम्मान कार्यक्रमले खुशी भएका छन् । महानगरमा २ सय ७ जना स्वयमसेविका कार्यरत छन् । नगरप्रमुख रेनु दाहालले स्वयमसेविकालाई सामाजिक कार्यमा प्रोत्साहन गर्न सम्मानको कार्यक्रम गरिएको बताइन् ।

उपमेयर पार्वती शाह ठकुरीले ३०–३५ वर्षको अनुभव नयाँ स्वयमसेवीलाई हस्तान्तरण गर्न समेत आग्रह गरिन । स्वास्थ्य स्वयमसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले स्वयमसेविको मनोबल बढाएकोमा खुशी व्यक्त गरिन् ।

महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले कार्यविधि र ऐनमै रहेर स्वयमसेवीलाई नगद सहित विदाई गरिएको बताए । मातृ तथा र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण रहेको पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *