अर्जेन्टिना भर्सेज ब्राजिल: कसको हेभी छ ट्रफी क्याबिनेट ? – Nepal Press

अर्जेन्टिना भर्सेज ब्राजिल: कसको हेभी छ ट्रफी क्याबिनेट ?

काठमाडौं । कोरोना महामारी, कोलम्बियाको आन्दोलन लगायत विभिन्न कुराले अनिश्चित बनेको कोपा अमेरिका २०२१ अन्तत: ब्राजिलमा सम्पन्न भयो । साविक विजेतासमेत रहेको ब्राजिललाई फाइनलमा १-० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचाल्यो ।

घरेलु मैदान- माराकानामा उपाधि रक्षा गर्न असफल बनेको ब्राजिल र अर्जेन्टिना दक्षिण अमेरिकी प्रतिद्वन्दी मात्रै होइन, विश्वभरका फुटबल समर्थकलाई दुई भागमा विभाजन गर्ने सामर्थ्यसमेत राख्ने टोली हुन् ।

आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाका एन्जल डी मारियाले गरेको एक मात्र गोल निर्णायक बनेसँगै लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिविहीन यात्रामा पूर्णविराम लगायो ।

तर, यी दुई टोलीमा हालसम्मका सफलता कसको धेरै ?

ब्राजिलले फिफा विश्वकप सर्वाधिक पाँच पटक जितेको छ भने अर्जेन्टिना दुई पटक विश्व च्याम्पियन बनेको छ ।

यस्तै, कोपा अमेरिकामा भने अर्जेन्टिना (१५) ब्राजिल (९) भन्दा अगाडि छ ।

फिफा कन्फेडेरेसन कपमा ब्राजिलले चार पटक बाजी मार्दा अर्जेन्टिनाको नाममा एउटा उपाधि मात्रै छ । यसरी दुवै टोलीका अन्तर्राष्ट्रिय उपाधि हेर्ने हो भने १८/१८ को सन्तुलित आँकडा देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *