पहिरोले सिद्वार्थ राजमार्ग अवरुद्ध – Nepal Press

पहिरोले सिद्वार्थ राजमार्ग अवरुद्ध

रूपन्देही । अविरल वर्षापछि आएको पहिरोले सिद्वार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ।

माथिबाट खसेको पहिरोका कारण विहान साढे ११ बजेबाट सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दोभान तर्फबाट डोजर आउँदै गरेको र पानी कम भएमा दिउसोसम्म सडक खुल्नसक्ने ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

यसैबीच पाल्पाको राम्दीमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनहरु अलपत्र परेका छन्।
शुक्रबार साँझबाट यातायात सुचारु भएपनि अहिले फेरि राजमार्ग अवरुद्ध भएको हो ।

यसअघि विहिवार बर्षासँगै तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खस्दा २ दिनसम्म सडक अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *