नेवानी निजीकरण प्रस्तावमा बाबुरामको टिप्पणी- निगमलाई कौडीका दाममा दलाललाई बुझाउने प्रपञ्च – Nepal Press

नेवानी निजीकरण प्रस्तावमा बाबुरामको टिप्पणी- निगमलाई कौडीका दाममा दलाललाई बुझाउने प्रपञ्च

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रूपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने प्रस्तावको विरोध गरेका छन् ।

आज एक विज्ञप्तिमार्फत नेता भट्टराईले ‘निगम निजीकरण गर्नु सरकारका नजिकका दलाल पूँजीपतिहरूलाई संस्थान जिम्मा लगाउने प्रपन्च हो ।’ भनेका छन् ।

सरकारमा रहेका व्यक्तिले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासेलाई बुझाउने र संस्थानलाई धरासायी बनाएर चल्नै सकेन भनेर बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरण गर्ने कुरा भइरहेको उनको टिप्पणी छ । उनले यो नेपाली जनताको हितमा नभएको दावी गरेका छन् ।

उनले आफू अर्थमन्त्री र हिसिला यमी पर्यटनमन्त्री हुँदा निगमका लागि दुईवटा न्यारोबडी खरिद प्रक्रिया अघि बढाएकोमा ती आइसकेको बताएका छन् । पछि निगमसँग हुँदै नभएको लामो दूरीको रुट देखाएर सञ्चय कोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब रूपैयाँ नेपाल सरकारको जमानतमा निगमलाई ऋण प्राप्त गर्न लगाई दुईवटा वाइड बडी एयरबस-३३० विमान २४ अर्बमा खरिद गर्न लगाइ यसमा ४ अर्ब ५० करोड रुपैयाँ भ्रष्टचार भएकोमा त्यसलाई गुपचुप पारेको भट्टराईले विज्ञप्तिमा लेखेका छन् ।

अहिले निगमको संचिति नोक्सानी ६ अर्ब रूपैयाँ पुगेको अवस्थामा निगमलाई यस्तो अवस्थामा पुर्‍याउने निणर्यकर्ताहरूको छानवीनको माग उनको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर